दूतावास छिट्टै स्थापना हुने
इजरायलद्वारा भिसा स्थगित
विजयबाबु खत्री
नेपालका लागि इजरायली राजदूत डान स्टका अनुुसार इजरायलमा कूटनीतिक नियोग नभएका देशबाट मे १ देखि कामदार नलिने निर्णय गरिएको हो । स्टले कान्तिपुुरलाई दिएको जानकारीअनुुसार घरेलुु कामदारले रोजगारदाताबाट कुुनै दुुःख पाए वा अधिकार शोषण भएको गुुनासो गरे न्याय दिन सम्बन्धित देशको नियोग हुुनैपर्ने नियम हालै बनाइएको छ ।
‘नेपाली नियोग नहुुँदा स्थानीय हिब्रुु तथा अंग्रेजी भाषासमेत नजान्ने कामदार असुुरक्षित हुुन सक्छन्’, उनले भने । यसअघि नेपाली कामदारलाई सजिलै भिसा दिँदै आएको दूतावासले अहिले झन्डै चार सय नेपालीका आवेदन निलम्बन गरेको छ ।
त्यहाँ जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी महिला घरेलुु काममा संलग्न हुुन्छन् । उनीहरूले करिब ४० हजार रुपैयाँदेखि ७० हजारसम्म मासिक तलब पाउने गरेका छन् । इजरायलमा करिब १२ हजार नेपाली रहेको नेपाली कामदार सहयोग मञ्चले जनाएको छ । मञ्च अध्यक्ष भुुवनसिंह कुुँवरले दूतावास नहुुँदा धेरै समस्या भो ग्नुुपरेको तेलअभिभबाट फोनमा बताए । उनका अनुुसार नेपालीको समय-समयमा राहदानी हराउँदा वा मिति सकिँदा नवीकरणमा दुुई महिना लाग्छ ।
कुुँवरका अनुुसार विभिन्न कारणले जेलमा पर्ने नेपालीको संख्या पनि बढदै गएको छ । अहिलेसम्म मञ्चले तीन नेपालीलाई धरौटी राखेर उद्धार गरिसकेको छ भने तीन जना अहिले पनि जेलमा छन् ।
‘इजरायल आकर्षक गन्तव्य बन्दै गएपछि रोजगार एजेन्सीका प्रतिनिधिले नेपालीलाई अलपत्र पार्ने क्रम पनि बढदै गएकाले कामदारको उद्धार र गलत काम गर्नेहरूलाई नियन्त्रण गर्न पनि नियोग आवश्यक छ । व्यक्तिगत रूपमा इजरायल गएका नेपालीले बढी समस्या भोग्दै आएका छन् । युुवतीहरूले आउनेबित्तिकै काम पाउने गरे पनि युुवकलाई समस्या हुुने गरेको छ । उनीहरू तीन-चार महिना यत्तिकै बस्न बाध्य हुुने गरेका छन् । म्यानपावर एजेन्टहरूले लगाइदिएको काम गर्न नसक्नेलाई पनि समस्या हुुने गरेको छ,’ उनले भने ।
कुुँवरले सरकारले दूतावास स्थापनाका लागि आर्थिक समस्या मुुख्य कारण हो भने नेपालीहरू ५० औं हजार डलर चन्दा संकलन गरेर दिन तयार भएको बताए । ‘हाम्रो सुुरक्षा र आपत् परेका बेला सरकारी नियोगको सहयोग पाइन्छ भने हामीहरूलाई दुुई-चार सय डलर प्रतिव्यक्ति सहयोग गर्न कुुनै समस्या हुुँदैन,’ उनले भने ।
यसैबीच सरकारले इजरायलमा दूतावास स्थापना प्रक्रिया सुुरु गरेको छ । श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकले मन्त्रिपरिषदको आगामी बैठकले यो निर्णय गर्न सक्ने बताएका छन् । उनका अनुुसार श्रम मन्त्रालयको अनुुरोधमा परराष्ट्र मन्त्रालयले प्रक्रिया बढाएको छ ।
श्रम राज्यमन्त्री लेखकले काठमाडौंस्थित राजदूत स्टसँग छलफल गरी दूतावास खोल्ने निर्णय गरिएको बताए । उनले दूतावास खोल्नुुअघि नेपाली कामदारको भिसा नरो क्न आग्रह गरेका थिए । यससम्बन्धमा इजरायल ‘पर्ख र हेर’ को स्थितिमा रहेको जनाउँदै
आएको छ ।
परराष्ट्र प्रवक्ता अजर्ुुनबहादुुर थापाले ‘सरकारलाई इजरायलमा दूतावास खोल्नुुपर्छ भन्ने महसुुस भइसकेको’ जानकारी दिए । उनका अनुुसार यस सम्बन्धमा मन्त्रालयमा विचारविमर्श भइरहेको छ । मन्त्रालयले इजरायलमा कन्सुुलर कार्यालयभन्दा पनि दूतावास नै स्थापना गर्ने निक्र्योर्ल गरिसकेको थापाले जानकारी दिए ।
