नेपालले साझा भिसा प्रस्ताव गनर्ेर्
काठमाडौं, भदौ ११ - नेपालले बिमिस्टेकका सदस्य राष्ट्रहरूबीच साझा यात्रा प्रवेशाज्ञा -ट्राभल भिसा) लागू गर्न र यो क्ष्ाेत्रका नागरिकलाई अन्य सदस्य मुलुकले प्रवेशकै क्रममा
-अन एराइभल) ३० दिनकोे भिसा दिन प्रस्ताव गर्ने भएको छ ।
सोमबारदेखि काठमाडौंमा सुरु हुने बिमिस्टेेककोे पर्यटन सचिवस्तरीय गोलमेच सम्मेलनमा नेपालले यो प्रस्ताव गर्न गालेको हो । यसले आवश्यक खाका कोरेपछि मंगलबारदेखि पर्यटन मन्त्रीस्तरीय सम्मलेन हुनेछ । ‘अरू मुलुकमा आएका पर्यटक आकषिर्त गर्न सबैलाई सजिलो हुने देखेर साझा भिसाको अवधारणा अघि बढाउन लागिएको हो,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।
बिमस्टेक बंगालको खाडी आसपासका मुलुकहको बहुपक्षीय सहयोग सञ्जाल हो । बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड, भुटान र नेपालसमेत ७ मुलुक सदस्य रहेको यो संगठनकोे सम्मेलन पर्यटन प्रवर्द्धन र त्यसबाट सामूहिक लाभ हासिलन गर्नेतर्फ केन्दि्रत हुनेछ ।
जनआन्दोलनपछि मुलुक शान्तिको दिशातर्फ अग्रसर भइरहेको अवस्थामा पहिलोपल्ट आयोजना हुन लागको अन्तर्राष्ट्रिय बैठकबाट बढीभन्दा बढी लाभ लिन सरकारले पर्याप्त तयारी गरेको जानकारी पनि मन्त्रीले दिए । नेपाली प्रतिनिधिमण्डलमा सरकारी अधिकारीका अलावा पर्यटन व्यवसायी र सञ्चारकर्मी पनि छन् ।
भारतको कोलकातामा सम्पन्न पहिलो सम्मेलनमा बिमिस्टेक पर्यटन सूचना केन्द्र स्थापना गर्नेलगायत निर्णय भएको थियो । त्यसका लागि सबै सदस्य मुलुकले १० हजार अमेरिकी डलरको कोष खडा गरेका छन् । ‘केन्द्रको व्यवस्थापनको ढाँचा’ यो बैठकले तय गर्नेछ’ ज्ञवालीले भने ।
सदस्य राष्ट्रहरूबीच विदेशी लगाभ भित्र्याउन र अनुभव आदान-प्रदानमा सघाउन निजी क्ष्ाेत्रका प्रतिनिधिहरूको बेग्लै मञ्च स्थापना गर्नेर् पनि नेपालले प्रस्ताव गर्नेछ । ‘यसबाहेक पर्यटन पत्रकारहरूको क्ष्ाेत्रीयमञ्च गठन गर्न पनि प्रस्ताव गरिनेछ,’ मन्त्रीले भने ।
सम्मेलनमा ७ मुलुकका झन्डै ७० जनाको सहभागिता हुनेछ । यीमध्ये २४ जना विदेशी छन् । भारत र भुटानबाट मन्त्रीस्तरमा सहभागिता हुन लागेको छ भने बंगलादेशका राज्यन्त्रीले टोलीको नेतृत्व गर्नेछन् । म्यानमारका उपमन्त्री आउने यो कार्यक्रममा थाइल्यान्डबाट सचिव र श्रीलंकाका राजदूतस्तरमा सहभागिता रहनेछ । विभिन्न मुलुकका पर्यटकीय गन्तव्यहरूलाई एउटै प्याकेज बनाएर संयुक्त प्रवर्द्धन गरी क्षेत्रीय समन्वय अघि बढाउने विषयमा पनि छलफल केन्दि्रत हुनेछ । पर्यवरणीय पर्यटन र बौद्धमार्गी चारधाम परिक्रमका विषयमा समन्वय गरी गरिबी निवारणमा योगदान पुर्याउने विषयमा समेत छलफल हुनेछ । दक्षिण एसियाली उपक्ष्ाेत्रीय सहयोग -सासेक) ले पनि एसियाली विकास बैंकको सहयोगमा योे अवधारणा अघि बढाउन सघाउँदै अाएको छ ।
यसबाहेेक एसियाली राजमार्गको उपयोग, हवाई सञ्जाल विस्तार, सदस्य मुलुकहरूबीच साझा सवारी चालक अनुमतिपत्रको अवधारणा पनि सम्मेलनका एजेन्डा हुन् । क्ष्ाेत्रीय र छिमेकी मुलुकमा आधारित पर्यटनको विकास गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउँदै मन्त्री ज्ञवालीले यस दिशामा यो सम्मेलन अझ बढी महत्त्वपूर्ण रहेको बताए । जनआन्दोलनपछि सुरु भएको शान्तिपूर्ण माहौल र नेपालको पर्यर्टकीय छवि अन्तर्राष्ट्रिय बजारमा पुर्याउने मञ्चका रूपमा यो सम्मेलनलाई लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
